१६५ रणनीतिक सडकको शिलान्यास, ५७ अर्ब लागतमा तीन वर्षभित्र पुरा गर्ने लक्ष « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

१६५ रणनीतिक सडकको शिलान्यास, ५७ अर्ब लागतमा तीन वर्षभित्र पुरा गर्ने लक्ष


२१ चैत्र २०७७, शनिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज १६५ निर्वाचन क्षेत्र जोड्ने रणनीतिक सडकको शिलान्यास गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाटै भर्च्युअल माध्यमबाट प्रधानमन्त्री ओलीले आज १६५ रणनीतिक सडकको शिलान्यास गरेका हुन् ।

आज भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित कार्यक्रमको भर्चुअल रूपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले १६५ निर्वाचन क्षेत्रलाई आधारभूत रूपमा सडक पूर्वाधारले समृद्ध बनाउने सडक विस्तार कार्यक्रमको लक्ष्य रहेको जानकारी दिए । कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी ओलीले ५७ अर्ब १० करोड रुपैयाँको लागतमा तीन वर्षभित्र पूरा गर्ने लक्ष्य रहेको बताए।

उनले भने, ‘यसले कमसेकम दुई लेनको सडक २२१० किलोमिटर कालोपत्रे गर्दैछौँ, त्यसले कि अन्तरजिल्ला, सदरमुकाम वा हाइवेसम्म जोड्छ, तीन वर्षभित्र यी पूरा हुन्छन्, म भनिएको समयभित्र गुणस्तरीय रूपमा काम सम्पन्न भएको हेर्न चाहन्छु।’

हाल संघीय सरकार मातहत ८० वटा राष्ट्रिय राजमार्ग छन्। तिनको निर्माण, सञ्चालन, मर्मत सम्भार र व्यवस्थापन गर्ने काम संघीय सरकारले गरिरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस