सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड आगामी शुक्रबार हुने, साढे १३ लाख बढीको हात खाली « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड आगामी शुक्रबार हुने, साढे १३ लाख बढीको हात खाली


२० चैत्र २०७७, शुक्रबार


काठमाडौँ। सिंगटी हाइड्रो इनर्जी लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आउँदो शुक्रबार बाँडफाँड हुने भएको छ ।

आवेदकहरुको भेरिफाइ भइरहेकोले आउँदो मंगलबार प्रि अलोटमेन्ट गरेर शुक्रबार बाँडफाँड गर्ने बिक्री प्रबन्धक मेगा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सविरवादे श्रेष्ठले जानकारी दिए ।

कम्पनीको आईपीओमा १६ लाख २६ हजार ९०० आवेदकले २ करोड ४७ लाख ६७ हजार ८५० कित्ता सेयर माग गर्दै आवेदन दिएका छन् ।

कम्पनीले चैत ६ गतेदेखि प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यका २९ लाख कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता कर्मचारीको लागि सुरक्षित गरेर २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणबाट आवेदन माग गरेको हो ।

धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावलीअनुसार सबै आवेदकलाई १० कित्ता वा सोभन्दा बढी पर्ने भएमा १० ले भाग जाने गरी बराबर रुपमा बाँडफाँड गर्नुपर्ने हुन्छ । सबै आवेदकलाई १० कित्ता नपर्ने भएमा आवेदकमध्येबाट गोलाप्रथा गरी जतिलाई पुग्छ, १० कित्ताको दरले बाँडफाँड गर्नुपर्छ ।

सिंगटी हाइड्रोले सर्वसाधारणको लागि निष्कासन गरेको २६ लाख ९७ हजार कित्ता आईपीओ गोलाप्रथाबाट १० कित्ताको दरले भाग लगाउँदा २ लाख ६९ हजार ७०० आवेदकले सेयर पाउनेछन् । बाँकी रहेका साढे १३ लाखभन्दा बढीको हात खाली हुने कम्पनीको बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस