खेतमा काम गर्न गएका एक व्यक्ति मृत फेला « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

खेतमा काम गर्न गएका एक व्यक्ति मृत फेला


प्रशासन संवाददाता

२० चैत्र २०७७, शुक्रबार


जनकपुरधाम । धनुषामा खेतमा काम गर्न निस्किएका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । जिल्लाको औरही गाउँपालिका ३ बस्ने विजय मण्डल मृत फेला परेको प्रहरीले बताएकाृे छ ।

४० वर्षका मण्डल बिहीवार बिहान औरही ३ स्थित खेतमा काम गर्न गएका थिए । तर, राति अबेरसम्म पनि घर नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय औरहीले बताएको छ ।

मृतकको घाँटीमा गम्छा बाँधिएको र शवलाई परीक्षणका लागि प्रदेशिक अस्पताल जनकपुरधाम लग्ने तयारी भइरहेको प्रहरी नायव निरीक्षक सन्तोष झाले बताए । झामा अनुसार पोष्टमार्टमको रिपोर्ट आएपछि थप अनुसन्धान हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस