आज माधव पक्षको स्थायी कमिटी बैठक बस्दै « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

आज माधव पक्षको स्थायी कमिटी बैठक बस्दै


प्रशासन संवाददाता

२० चैत्र २०७७, शुक्रबार


काठमाडौं । नेकपा एमालेका झलनाथ खनाल र माधव नेपाल पक्षले स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएको छ । शुक्रबार (आज) बिहान ११ बजे बैठक बोलाइएको हो।

एमालेले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिना पार्टी सदस्यताबाटै निलम्बन गरेको छ। उनीहरुले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले निलम्बन गरेका हुन्। एमालेको केन्द्रीय कमिटीको चैत ७ गतेको बैठकको निर्णयअनुसार महासचिव ईश्वर पोखरेलले माधव, भिम,सुरेन्द्र र घनश्यामलाई स्पष्टीकरण सोधेका थिए।

आफ्ना पक्षका नेताहरुमाथि एकपछि अर्को गर्दै ओलीले कारबाही गर्न थालेपछि आगामी रणनीति बनाउन र छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको हो। खनाल–नेपाल पक्ष देशव्यापी समानान्तर संरचनामा जाने तयारी गरिरहेको छ । यो समूहले अखिल नेपाल महिला संघ (अनेमसंघ), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, युवा संघ नेपाललगायतमा समानान्तर कमिटी बनाइ सकेका छन्।

बिहीबार कास्कीको जिल्ला भेलालाई सम्बोधन गर्दै नेता नेपालले अब केन्द्रमा पनि समानान्तर संरचना बनाउने उद्घोष गरेका थिए । शुक्रबारको बैठक बसेर थप रणनीति र अभिया शुरु गर्ने खनाल–नेपाल समूहको योजना छ।

Tags :
प्रतिक्रिया दिनुहोस