नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, कारोबार रकम ७ अर्ब बढि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, कारोबार रकम ७ अर्ब बढि


प्रशासन संवाददाता

१९ चैत्र २०७७, बिहिबार


शेयर बजार

काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १२.८८ अंकले बढेर २ हजार ६ सय ३१.८९ अंकमा पुगेको हो ।

क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.८३ अंकले बढेर ४ सय ६६.४२ अंकमा पुगेको छ भने, कारोबार रकममा पनि सुधार अएको छ । बुधबार सवा ६ अर्बको सेयर कारोबार भएकोमा बिहीबार ७ अर्ब माथि कारोबार रकम पुगेको छ ।

दिनभर भएका ७३ हजार ६ सय ६७ कारोबारबाट २ सय १८ कम्पनीका १ करोड ४२ लाख ६८ हजार ५ सय ९२ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ७ अर्ब १८ करोड ४२ लाख ६६ हजार १ सय २५ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले बताएको छ ।

नेप्सेमा कारोबार हुने चार समूहहरुको सब इन्डेक्स घटेको छ । बाँकी सबै समूहहरुको सबइन्डेक्स बढेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूहका लगानीकर्ताले बिहीबार गुमाएका छन् ।

यो समूहको सब इन्डेक्स ७७.२२ अंकले घटेको छ । कमाउनेहरुमा भने व्यापार समूहका लगानीकर्ताहरु देखिएका छन् । यो समूहको सबइन्डेक्स २६८ अंक भन्दा धेरैले बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस