प्रचण्डको पुनरवलोकन निवेदन प्रधानन्यायाधीशकै बेन्चमा « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

प्रचण्डको पुनरवलोकन निवेदन प्रधानन्यायाधीशकै बेन्चमा


१९ चैत्र २०७७, बिहिबार


काठमाडौँ। सर्वोच्च अदालतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दर्ता गरेको पुनरवलोकन निवेदन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको बेन्चमा परेको छ ।

प्रधानन्यायाधीश जबरा, न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको बेन्चमा उक्त निवेदनको सुनुवाई आजै हुने भएको छ ।

एमाले र माओवादी केन्द्रको एकता बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रचण्डले पुनरावलोकन निवेदन दिएका हुन् ।

फागुन २३ गते न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले एकता बदर गर्ने फैसला गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस