मङ्गलवारदेखि बेपत्ता सात बालिका र किशोरी भारतमा भेटिए « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मङ्गलवारदेखि बेपत्ता सात बालिका र किशोरी भारतमा भेटिए


प्रशासन संवाददाता

१८ चैत्र २०७७, बुधबार


बालक बेपत्ता

महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरबाट हराइरहेका सात बालिका र किशोरी भारतमा फेला परेका छन्।

मङ्गलवार दिउँसो घाँस काट्न गएका १० देखि १८ वर्षसम्मका सात बालिका र किशोरी सम्पर्क विहीन भएका थिए । बुधवार बिहानसम्म पनि सम्पर्कमा नआउँदा अपहरणको आशङ्का गरिएको थियो ।

धर्मपुरका १० वर्षीयाद्वय रञ्जना पासवान र सीमा पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीयाद्वय रिया पासवान र रचना पासवान एवं १८ वर्षीयाद्वय नगिना पासवान र अस्मिता पासवान घाँस काट्न मङ्गलवार घरबाट निस्केका थिए।

प्रहरीका अनुसार उनीहरूलाई भारतीय प्रहरीको सहयोगमा विहारको सितामढीबाट उद्धार गरिएको हो । सबै बालिका र किशोरी सकुशल छन्। थप अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस