एनआईसी एसिया बैङ्कको प्रिपेड डलर कार्ड जारी « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

एनआईसी एसिया बैङ्कको प्रिपेड डलर कार्ड जारी


१७ चैत्र २०७७, मंगलबार


काठमाडौँ । एनआईसी एसिया बैङ्कले प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ।

नेपाल राष्ट्र बैङ्कद्वारा जारी ‘अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद बापतको भुक्तानी गर्ने प्रयोजनको लागि परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न सकिने सम्बन्धी सूचना’लाई मध्यनजर गर्दै बैङ्कले अमेरिकी डलरमा आधारित प्रिपेड कार्ड जारी गरेको हो ।

भिजा कार्डमा आधारित हुने यस कार्डमार्फत ग्राहकले वार्षिक अधिकतम ५०० अमेरिकी डलर बराबरको अनलाइन किनमेल गरी भारत र भुटान बाहेक विश्वका अन्य मुलुकमा भुक्तानी गर्न सक्नेछन्।

कार्ड प्राप्त गर्नका लागि ग्राहकहरूले केवाइसी विवरण अद्यावधिक गरिएको खातासँगै प्यान कार्ड हुनु पर्नेछ। यस सुविधामार्फत ग्राहकले स्वदेशमै रहेर पनि प्रतिष्ठित अन्तर्राष्ट्रिय ई–कमर्स प्लेटफर्ममार्फत किनमेल गर्न सहज हुने बैङ्कले विश्वास लिएको जनाएको छ ।

उक्त कार्ड जारी गर्दा बैङ्कले कार्ड शुल्क बापत निश्चित रकम लिनेछ भने पहिलो पटक डलर लोड गर्दा निःशुल्क हुने व्यवस्थासमेत गरेको छ। ग्राहकहरूले एकै पटक वा पटक–पटक गरी एक वर्षमा अधिकतम ५ सय अमेरिकी डलर बराबर सटही गरी कार्डमा लोड गर्न सक्ने व्यवस्था गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस