नेप्से दोहोरो अंकले बढ्यो « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

नेप्से दोहोरो अंकले बढ्यो


प्रशासन संवाददाता

१७ चैत्र २०७७, मंगलबार


काठमाडौं । सोमबार (हिजो) ५ अंकले घटेको सेयर बजार मंगलबार (आज) भने, दोहारो अंकले बढेर बन्द भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३२.१५ अंकले बढेर २ हजार ५ सय ७५.६६ अंकमा पुगेको हो ।

उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.१९ अंकले बढेर ४५६.१० अंकमा पुगेको छ । परिसूचकसँगै कारोबार रकममा पनि सोमबारको तुलनामा मंगलबार वृद्धि भएको हो ।

त्यस्तै सोमबार ४ अर्ब ४१ करोडको हाराहारीमा मात्रै कारोबार भएको सेयर आज भने, ६ अर्ब बढिमा कारोबार भएको छ ।  दिनभर भएका ६८ हजार ६ सय ४५ कारोबारबाट २०९ कम्पनीका १ करोड २२ लाख ९ हजार ९ सय ७६ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ६ अर्ब १८ करोड ५६ लाख ७९ हजार ४ सय ९८ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले बताएको छ ।

नेप्सेमा कारोबार हुने व्यापार र उत्पादन समूहको सबइन्डेक्स भने, घटेर रातो देखिएको छ भने, बाँकी सबै समूहहरु बढेर हरीया देखिएका छन् । मंगलबार पहिलो नम्बरमा धेरै कमाउनेमा वोमी माइक्रोफाइनान्स जसको सेयर मूल्य प्रतिकित्ता १०३ रुपैयाँले बढेको छ । यसैगरी धेरै कमाउनेमा सगरसानिमा जनरल इन्स्यारेन्स, जनरल इन्स्यारेन्स कम्पनी, अजोड इन्स्यारेन्स कम्पनी लगायत कारोबार रकमका आधारमा अग्रस्थानमा देखिएका छन् । यी कम्पनीहरुको ९ प्रतिशत भन्दा धेरैले सेयर मूल्य बढेको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस