प्रचण्ड सर्वोच्चमा « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

प्रचण्ड सर्वोच्चमा


१७ चैत्र २०७७, मंगलबार


काठमाडौँ । नेकपा विवादबारे पुनरावलोकन दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालत पुगेका छन् ।

तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच भएको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुनरावलोकन दिन सर्वोच्च  अदालत पुगेका हुन्।

उनी मङ्गलवार बिहान ११ बजे वर्षमान पुन, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा सहित सर्वोच्च अदालत पुगेका हुन्।

यसअघि गत फागुन २३ गते नेकपा नामको पार्टी कसको नाममा हुने भन्ने मुद्दाको फैसला गर्दै सर्वोच्चले २०७५ जेठ ३ गते भएको एमाले र माओवादी केन्द्रको एकतालाई खारेज गरिदिएको थियो।

सर्वोच्चको फैसलापछि अहिले एमाले र माओवादी केन्द्र अलग भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस