ललितपुरको नख्खुमा बर्डफ्लु पुष्टि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ललितपुरको नख्खुमा बर्डफ्लु पुष्टि


१६ चैत्र २०७७, सोमबार


ललितपुर । ललितपुर महानगरपालिका–१४, नख्खुमा बर्डफ्लु रोग पुष्टि भएको छ ।

पशु सेवा विभागका अनुसार बर्डफ्लु रोगको सघन निगरानी (सर्भिलेन्स) को क्रममा गत चैत १३ गते उक्त क्षेत्रमा बर्डफ्लु पुष्टि भएको हो ।

त्यहाँका किसानले पालेका कुखुरा, बट्टाई र हाँसबाट सङ्कलन गरिएको नमुनालाई केन्द्रीय अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको विभागले जनाएको छ ।

रोग फैलने सक्ने सम्भावित क्षेत्रका घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिएको जनाइएको छ । ५१६ हाँस, ८५४ स्थानीय कुखुरा, १५४ बट्टाई, ९४४ गोटा अण्डा र ३३५ किलो दाना नष्ट गरिएको जनाइएको छ ।

रोग देखा परेको क्षेत्रलाई पूर्ण निसंक्रमण गरी नष्ट गरिएको उल्लेख छ । रोगलाई पूर्ण नियन्त्रणमा राख्न जैविक सुरक्षाका विधि अवलम्बन गर्न समेत विभागले आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस