स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई ‘लर्निंङ एण्ड डेभलपमेन्ट’अवार्ड « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई ‘लर्निंङ एण्ड डेभलपमेन्ट’अवार्ड


१६ चैत्र २०७७, सोमबार


काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले नेपाल ‘लर्निंङ एण्ड डेभलपमेन्ट अवार्ड पाएकाे छ ।

ग्रोथ सेलर्सले आयोजना गरेको एचआर मीट २०२१ मा पहिलो पटक पुरस्कार सत्रमा ‘लर्निंङ र डेभलपमेन्टमा उत्कृष्टता’ बाट स्ट्यान्डर्ड चार्टर्ड बैंक सम्मानित भएको हो ।

बैंकलाई आफ्ना कर्मचारीहरूको सीप विकास तथा अघि बढ्नको आवश्यक प्रेरणा प्रदान गर्नका लागि गरिएको प्रयासको सम्मानका लागि यो पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमको पहिलो दिन प्रमुख स्ट्यान्डर्ड चार्टर्ड बैँक नेपालका सीईओ अनिरभान घोष दस्तीदार मुख्य वक्ता थिए । उनले ‘मानव संसाधन रणनीतिक साझेदारकारूपमा हाम्रो काम गर्ने तरिका बदल्ने हो’ भन्ने धारणा राखेका थिए।

एचआर परामर्श फर्म कार्यक्रममा राष्ट्रिय र अन्तर्राष्ट्रिय वक्ताहरूसहित २२५० भन्दा बढीको सहभागिता रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस