पूर्वमन्त्री जोशीको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

पूर्वमन्त्री जोशीको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त


प्रशासन संवाददाता

१४ चैत्र २०७७, शनिबार


काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा संविधानसभा सदस्य नविन्द्रराज जोशीको निधनमा प्रधानमन्‍त्री केपी शर्मा ओलीले शोक व्यक्त गरेका छन् । उनले शनिबार वक्तव्य जारी गर्दै शोक व्यक्त गरेका हुन् ।

‘काठमाडौँ थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा गएराति निधन भएको खबरले मलाई अत्यन्त दुःख लागेको छ,’ उनले भनेका छन्, ‘यस दुःखद् घडीमा दिवंगत नविन्द्रराज जोशीप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवारजन, शुभचिन्तक र नेपाली कांग्रेसका नेता कार्यकर्ताप्रति गहिरो समवेदना प्रकट गर्दछु ।’

२०६४ र २०७० सालमा संविधानसभाका सदस्य रहेका जोशी २०७३ सालमा मन्त्री समेत थिए ।

लोकतान्त्रिक आन्दोलनमा जोशीले महत्वपूर्ण योगदान गरेको भन्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसभित्र निष्ठावान, इमान्दार, जुझारु छवि निर्माण गरेको बताए ।

फागुन १४ गते मस्तिष्कघात भइ नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराइरहेका नेता जोशीको शुक्रबार साँझ निधन भएको थियो।

 

Tags :
प्रतिक्रिया दिनुहोस