ग्लोबल आइएमई बैङ्कका नयाँ तीन शाखा सञ्चालनमा « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

ग्लोबल आइएमई बैङ्कका नयाँ तीन शाखा सञ्चालनमा


प्रशासन संवाददाता

१३ चैत्र २०७७, शुक्रबार


काठमाडौँ । ग्लोबल आईएमई बैङ्क लिमिटेडले आज (शुक्रवार) देखी आफ्ना तीन वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

ग्लोबल बैङ्कले नवलपरासी जिल्लाको रामग्राम नगरपालिका–३, परासी, मोरङ जिल्लाको विराटनगर महानगरपालिका–४, कन्चनबारी र झापा जिल्लाको भद्रपुर नगरपालिका–५, भद्रपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यो सँगै बैङ्कको शाखा कार्यालय २७३ पुगेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले देशका ७६ जिल्लामा फैलिएको २७३ शाखा सञ्जाल सहित २४२ एटिएम, ४७ एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन काउन्टर, २५७ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि-सम्पर्क कार्यालय मार्फत ग्लोबल बैङ्कले आफ्ना २२ लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस