गोरु काटेको अभियोगमा पक्राउ « प्रशासन
prasaLogo
१२ चैत्र २०७७, बिहीबार

गोरु काटेको अभियोगमा पक्राउ


प्रकाशित मिति : 25 March, 2021 3:21 pm

बलेवा । गोरु काटेको अभियोगमा ढोरपाटन नगरपालिका–८ का पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ढोरपाटन -८ भित्ताटोलका ४९ वर्षीय मनबहादुर विक, ४४ वर्षीय नन्दराम विक, ३८ वर्षीया पुनी विक, २६ वर्षीया मीना विक र ढोरपाटन-२ घर भई हाल वडा नं ८ भित्ताटोल बस्ने ३६ वर्षीय हरि परियार रहेका छन् ।

सुराकीका आधारमा घटनास्थलमा पुगेको प्रहरी चौकी ढोरपाटनको टोलीले उनीहरुलाई गोरुको मासुसहित नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक इग्वाल हवारीले जानकारी दिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याई अनुसन्धान थालिएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस