पुनः शिव र गौरी एउटै पर्दामा देखिदै « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

पुनः शिव र गौरी एउटै पर्दामा देखिदै


प्रशासन संवाददाता

१२ चैत्र २०७७, बिहिबार


काठमाडौं । अभिनेता शिव श्रेष्ठ र अभिनेत्री गौरी मल्ललाई पुनः एकसाथ पर्दामा देख्न पाइने भएको छ । उनीहरु २० वर्षपछि एकसाथ पर्दामा आउन लागेका हुन् ।

उनीहरु निर्देशक शोभित बस्नेतको नयाँ चलचित्र ‘डाँडाको बर पीपल’ मा सहकार्य गर्न लागेका हुन् । बिहबार (आज) राजधानीमा शुभमुहूर्त गर्दै छायाँकन सुरु भएको चलचित्रमा शिव र गौरी श्रीमान–श्रीमतीको भूमिकामा देखिदै छन् । उक्त चलचित्रमा सलोन बस्नेत , राजीवजंग बस्नेत र यशराज गहतराजले छोराको भूमिका निर्वाह गर्दैछन् । आमा, बुबा र छोराबीचको सम्बन्धको कथामा निर्माण हुन् लागेको चलचित्रमा बुढा सुब्बा ओरिजिनलको प्रस्तुति रहेको छ ।

सो चलचित्रमा नायिकाको भने टुंगो लागेको छैन । चलचित्रमा तीन नायिका हुनेछन् । निर्देशक बस्नेतले केही नायिकासँग कुराकानी भइरहेको र चाँडै टुंगो लाग्ने बताएका छन् । चलचित्रमा सुशान्त प्रजापतिको छायाँकन, रामकाजी घिमिरेको लेखन, शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, गोविन्द राईको नृत्य, नवराज गिरीको गीत रहेको छ ।

चलचित्रलाई काठमाडौं, कालाबाङ, शे–फोक्सुन्डो ताल र पूर्वका विभिन्न स्थानमा छायाँकन गरिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस