शे–फोक्सुन्डोमा ‘ए मेरो हजुर ४’ को शिर्ष गीतको छायाँकन सम्पन्न « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

शे–फोक्सुन्डोमा ‘ए मेरो हजुर ४’ को शिर्ष गीतको छायाँकन सम्पन्न


प्रशासन संवाददाता

१२ चैत्र २०७७, बिहिबार


काठमाडौं । फिल्म ‘ए मेरो हजुर ४’ को शिर्ष गीतको छायाँकन सम्पन्न भएको छ । उक्त गीतको छायाँकन डोल्पाको शे–फोक्सुन्डो तालमा गरिएको हो । गीतको छायाँकन १० दिनमा सकिएको छ । फागुन ३० गते उक्त गीतको छायाँकनका लागि फिल्मको टिम शे–फोक्सुन्डो ताल पुगेको थियो ।

नायक अनमोल केसी र नायिका सुहाना थापा फिचर्ड रहेको गीतको भिडियोलाई सञ्जय लामाले खिचेका हुन् भने कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । फिल्मको बाँकी छायाँकन १० दिनमा सकिने निर्देशक झरना थापाले बताइन् । अब बाकी छायाँकन काठमाडौँ र पोखरा गरेपछि काम सकिने थापाले बताइन् ।

सुनिलकुमार थापाको लगानीमा बनिरहेको फिल्ममा सलोन बस्नेत पनि मुख्य भूमिकामा रहेका छन् । लभ स्टोरी जनरामा बनेको यो फिल्म आउँदो वर्षको भदौ १८ गतेबाट प्रदर्शनमा हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस