महिलामन्त्रीद्वारा बालगृह स्थापनाका लागि अनुगमन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

महिलामन्त्रीद्वारा बालगृह स्थापनाका लागि अनुगमन


१२ चैत्र २०७७, बिहिबार


दमौली । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढकालटारमा बालगृह स्थापनाका लागि स्थलगत अनुगमन गरेकी छिन् ।

नेपाल विद्युत् प्राधिकरणका स्वामित्वमा रहेका जग्गामा मन्त्रालयले बालगृह स्थापना गर्ने भएको छ । प्राधिकरणको स्वामित्वमा रहेको जग्गा मन्त्रिपरिषद्बाट निर्णय गराएर बालगृह स्थापनाको कामलाई छिटो अगाडि बढाउनुपर्ने मन्त्री महतोले बताइन् । अनुगमनका क्रममा मन्त्री महतोले सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालय पोखराका इञ्जिनीयरलाई स्टिमेट गर्न निर्देशन दिइन्।

ढकालटारमा प्राधिकरणको स्वामित्वको ५४ रोपनी जग्गा छ । त्यसमध्ये २८ रोपनी जग्गामा बालगृह निर्माण गर्न लागिएको आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए । अनुगमनमा सहभागी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बालगृह निर्माणका लागि गाउँपालिकाले गर्नुपर्ने सहयोगको प्रतिबद्धता व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस