मोटरसाइकल दुर्घटनामा मृत्यु « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

मोटरसाइकल दुर्घटनामा मृत्यु


१२ चैत्र २०७७, बिहिबार


दमक । आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापा, शिवसताक्षी नगरपालिकामा आज बिहान एक जनाको मृत्यु भएको छ ।

शिवसताक्षी– १ धरमपुरको ढकाल चोकस्थित भित्री सडकखण्डमा मे १० प ३५६९ नं को मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँका ४६ वर्षीय किशोर कार्कीको मृत्यु भएको हो ।

दुर्घटनामा टाउकामा चोट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा आज बिहान सवा २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस