मध्य पहाडी राजमार्गको मादीमा काम शुरु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मध्य पहाडी राजमार्गको मादीमा काम शुरु


११ चैत्र २०७७, बुधबार


गण्डकी । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको पुष्पलाल (मध्यपहाडी) राजमार्ग खण्डको मादी गाउँपालिकामा काम थालिएको छ । गाउँपालिकाका विभिन्न तीन स्थानमा डोजरको प्रयोग गर्दै रुदी दोभान, काम शुरु गरिएको आयोजना प्रमुख मेघराज मर्सानीले जानकारी दिए ।

सो खण्डमा कूल १६ किलोमिटर दूरी रहने जनाउँदै उनले लोकमार्गअन्तर्गतका बिभिन्न ठाउँमा काम तीव्ररुपमा अघि बढेको उल्लेख गरे । उनका अनुसार लोकमार्गको कास्की, बागलुङ र पर्वतको कूल २४५ किलोमिटर मध्य ८० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

उक्त खण्डका विभिन्न १२ ठाउँबाट काम भइरहेको उनले जानकारी दिए । मध्य पहाडी क्षेत्रका सर्वसाधारणको भाग्य र भविष्यमा महत्वपूर्ण भूमिका खेल्ने ठानिएको लोकमार्गको काम थालिएसँगै मादी र आसपासका स्थानीयमा खुशी छाएको जिल्ला समन्वय समिति कास्कीका सदस्य बृहस्पति सापकोटाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस