मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिन नेपाल समूह सहमत « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिन नेपाल समूह सहमत


प्रशासन संवाददाता

११ चैत्र २०७७, बुधबार


विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता हुने भएको छ । नेकपा एमालेको माधवकुमार नेपाल पक्ष मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन सहमत भएको हो ।

एमाले संसदीय दलको बुधबार बसेको बैठकमा नेपाल समूहका प्रदेशसभा सदस्यहरु पनि सहभागी भएका थिए ।

अविश्वासको प्रस्ताव फिर्ता लिने जानकारी गराउन आफ्नो पक्षका दुई जना सांसद बैठकमा सहभागी भएको नेपाल पक्षका एक नेताले जानकारी दिएका छन् ।

प्रदेश १ सभामा एमालेका कूल ५१ सांसद छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस