बाजुराको मार्तडीमा ग्लोबल आइएमई बैंकको ७६ औँ शाखा सञ्चालनमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बाजुराको मार्तडीमा ग्लोबल आइएमई बैंकको ७६ औँ शाखा सञ्चालनमा


१० चैत्र २०७७, मंगलबार


काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बाजुरा जिल्लाको बडीमालिका नगरपालिका –८, मार्तडीमा २०७७ चैत्र १० गते मङ्गलवारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा बिस्तार ७६औँ जिल्लामा पुगेको छ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा २७० शाखा, २४२ एटिएम, २५६ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढी सेवा केन्द्रबाट ग्राहक वर्गलाई सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिटेन्स भिर्‍याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

‘सबैका लागि बैंक’ भन्ने नारालाई सार्थकता दिँदै बैंकले २२ लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस