पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना संक्रमण पुष्टि, ९९ जना कारोना संक्रमणमुक्त « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना संक्रमण पुष्टि, ९९ जना कारोना संक्रमणमुक्त


प्रशासन संवाददाता

९ चैत्र २०७७, सोमबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सोमबार ४ हजार ४ सय ७२ जनाको पिसिआर परीक्षण गर्दा थप १५० जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ९९ जना कोरोना संक्रमित कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार २० पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाका कारणले ज्यान गुमाउनेको संख्या ३ हजार १९ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस