कैलालीमा खाद्य गोदाम नजिकै भेटियाे बम « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कैलालीमा खाद्य गोदाम नजिकै भेटियाे बम


९ चैत्र २०७७, सोमबार


टीकापुर । कैलालीको टीकापुर नगरपालिका–१ मुनुवा रोडको खाद्य गोदाम नजिक बम फेला परेको छ।

बाटोको किनारमा जेसिबीले नाली खन्ने क्रममा खाद्य गोदाम नजिकै बम फेला परेको हो।

त्यहाँ आइतबार फेला परेको बम नै भएकाले निस्क्रिय पार्नका लागि नेपाली सेनाको गोराँगे ब्यारेकलाई खबर गरिसकिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

फेला परेको बम सशस्त्र द्वन्द्वका बेला राखिएको हुनसक्ने आशङ्का गरिएको छ।

प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिइसकेको छ। आज बिहान सेनाको बम डिस्पोजल टोली टीकापुर आउने इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस