‘सहायक सिडिओ हुँ’ भन्दै ठगी गर्ने दीपक बिसी पक्राउ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

‘सहायक सिडिओ हुँ’ भन्दै ठगी गर्ने दीपक बिसी पक्राउ


८ चैत्र २०७७, आइतबार


काठमाडौँ । ‘सहायक सिडिओ हुँ’ भन्दै ठगी गरेको अभियोगमा जाजरकोट छेडागाउँ नगरपालिका– २ का २८ वर्षीय दीपक बिसीलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले बिसीलाई सुर्खेतबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सरकारी कर्मचारीको पोसाक लगाएर सर्वसाधारणलाई भ्रममा पारी पटक–पटक ठग्दै आएका थिए ।

सहायक महिला विकास निरीक्षण र महिला तथा बालबालिका निरीक्षण कार्यालयमा नायव सुब्बाको जागिर लगाइदिने प्रलोभनमा दश लाख रुपैयाँ लिने भनेका उनले पाँच लाख रुपैयाँ अग्रिम लिइसकेका थिए ।

प्रहरीका अनुसार बिसीले यसअघि पनि सहायक सिडिओ भन्दै पटक–पटक ठग्दै आएका थिए । पोसाक मात्र होइन कार्डसमेत सरकारी कर्मचारी बनाएका उनले सर्वसाधारणलाई भ्रममा पारेर आधारमा ठगी धन्दा चलाउँदै आएका थिए ।

उनको साथबाट राजपत्राङ्कित द्वितीय श्रेणी९उपसचिव० उल्लेख भएको नक्कली आइडी कार्ड बरामद भएको प्रहरीले जनाएको छ ।

सहायक सिडिओ हुँ भन्दै ठगी गर्ने क्रममा यसअघि ४ वैशाख ०७३ मा पक्राउ परेका उनी ठगी गर्ने क्रममा उनी १० वैशाख ०७४ र १५ पुस ०७६ पनि पक्राउ परेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस