४० वर्षपछि भारतीय जेलबाट छुटे दुर्गाप्रसाद « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

४० वर्षपछि भारतीय जेलबाट छुटे दुर्गाप्रसाद


प्रशासन संवाददाता

७ चैत्र २०७७, शनिबार


कोलकाता । ४० वर्षदेखि भारतीय जेलमा रहेका  इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) शनिबार दिउँसो छुटेका छन् । उनका दाजु प्रकाशचन्द्र तिम्सिनाले कोलकाताको दमदम केन्द्रीय कारागारमा सम्झौता पत्रमा हस्ताक्षर गरेपछि दुर्गाप्रसाद छुटेका हुन् ।

भारत पश्चिम बंगालको दमदम करेक्सनल सेन्टर (सेन्ट्रल जेल) मा रहेका उनी कोलकाता उच्च अदालतको आदेशबमोजिम छुटेका हुन् । शारीरिक र मानसिक रुपमा कमजोर उनी आइतबार नेपाल पुग्ने छन् ।

भारतीय सञ्चारमाध्यमहरुको बाक्लो उपस्थितिका बीच उनले जेलबाट छुट्नेबित्तिकै संक्षिप्त प्रतिक्रिया दिए ,‘म निर्दोष थिएँ ।’

दुर्गाप्रसादलाई लिन भाइ प्रकाशचन्द्र दमदम जेल पुगेका थिए । अदालत र प्रकाशचन्द्रबीचको सम्झौतासहितको पत्र शुक्रवार अपरान्ह अदालतले जेल पठाएको थियो । त्यही पत्रका आधारमा जेल प्रशासनले उनलाई छाडेको हो ।

कोलकाता उच्च अदालतका न्यायाधीशद्वय थोट्टाथिल बी नायर राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयले बुधबार उनलाई छाड्न आदेश दिएको थियो । अदालतको आदेशपछि भाइ प्रकाशचन्द्र सहयोगी संस्था विश्व सेवा विस्तारका प्रतिनिधि इन्द्र बस्नेतसहित कोलकाता पुगेका थिए ।

दुर्गाका वकिल हिरक सिन्हाका अनुसार हरेक ६ महिनामा मानसिक अवस्थाबारे कोलकातास्थित नेपाली महावाणिज्य दूतावासलाई जानकारी गराउनुपर्नेछ । महावाणिज्य दूतावासले पुन: अदालतलाई जानकारी गराउने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस