मोटरसाइकलको ठक्करबाट ड्युटीमा खटेका ट्राफिक हवल्दार घाइते « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

मोटरसाइकलको ठक्करबाट ड्युटीमा खटेका ट्राफिक हवल्दार घाइते


६ चैत्र २०७७, शुक्रबार


रौतहट । मोटरसाइकलको ठक्करबाट रौतहटस्थित ड्युटीमा खटेका एकजना ट्राफिक हवल्दार घाइते भएका छन् ।

गौर चन्द्रनिगाहपुर सडक खण्डअन्तर्गत सुकदेव चोकस्थित बिहीबार साँझ साढे ७ बजेको समय अनटेस्टलेखिएको मोटरसाइकलले ठक्कर दिँदा ड्युटीमा खटेका ट्राफिक हवल्दार रामचन्द्र दास घाइते भएका हुन् ।

सदरमुकाम गौरबाट गरुडातर्फ गइरहेका बिना नम्बरको R15 एस मोटरसाइकलका चालक गरुडा-६ पोठियाहिका २२ बर्षीय अनिल गुप्ताले ठक्कर दिँदा हवल्दार दासको टाउकोमा चोट लागेको हो ।

घाइते हवल्दार दासको टाउकोमा स्थानीय अस्पतालमा सातवटा टाँका लागी थप उपचारको लागि राति नै एलएस न्युरो अस्पताल वीरगञ्ज पठाएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रवि रावलले जानकारी दिए । हाल घाइते हवल्दारको अवस्था सुधार भैरहेको डिएसपी रावलले बताए ।

ठक्कर दिने मोटरसाइकल चालक ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको छ । चालक गुप्तासँग मोटरसाइकलको ब्लुबुक र चालक अनुमतिपत्र पनि घटना स्थलमा नरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरी जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस