सेयर बजारमा सुधार « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

सेयर बजारमा सुधार


प्रशासन संवाददाता

५ चैत्र २०७७, बिहिबार


शेयर बजार

काठमाडौं । साताको अन्तिम दिन बिहीबार (आज) सेयर बजारमा राम्रै सुधार आएको छ ।

मंगलबारसम्म घट्दै आएको बजार बुधबार थोरै सुधार भएको थियो । बुधबारदेखि शुरु भएको सुधार हुने क्रम बिहीबार करिब ४३ अंकले सुधार भएको हो ।

सेयर कारोबार मापक नेप्से परिसूचक ४२ दशमलव ९५ अंकले बढेर २ हजार ४ सय ७५ दशमलव ०९अंकमा पुगेको छ । कारोबार रकममा पनि वृद्धि देखिएको छ । बिहीबार चार अर्ब ६४ करोड रुपैयाँ रुपैयाँ भन्दा धेरैको सेयर कारोबार भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस