टेम्पो चालक लागुऔषधसहित नियन्त्रण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

टेम्पो चालक लागुऔषधसहित नियन्त्रण


प्रशासन संवाददाता

५ चैत्र २०७७, बिहिबार


जनकपुरधाम – सर्लाहीमा लागुऔषधसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका वडा नं ९ का ३५ वर्षीय दुखा राय रहेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए ।

शुक्रबार साँझ रायलाई मलंगवा नगरपालिका वडा नंं ८ भगवती मन्दिर स्थितबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले विशेष सुराकीको आधारमा टेम्पो रोकी चेकजाँच गर्दा टेम्पोको पछाडि यात्रु बस्ने सीटमुनि प्लाष्टिक भित्र लुकाई राखेको लुपिगेस्टीक ९१ एम्पुल, फेनर्गन ९३ एम्पुल र डिक्सपाम ८८ एम्पुल गरी २ सय ७२ एम्पुल र करिब ५ हजार रुपैयाँसहित टेम्पो चालक रायलाई नियन्त्रणमा लिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस