एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता


प्रशासन संवाददाता

४ चैत्र २०७७, बुधबार


काठमाडौँ । नेकपा एमालेले कर्णाली प्रदेश सरकरलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बुधबार बसेको संसदीय दलको बैठकले ५ दिनभित्र फिर्ता हुन निर्देशन दिएको हो ।

संसदीय दलको बैठकले एमालेको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन दिएको एमाले कर्णालीका प्रमुख सचेतक गुलाबजंग शाहीले बताए ।

यससँगै माओवादी केन्द्रका तर्फबाट मुख्य मन्त्री बनेका महेन्द्रबहादुर शाहीको सत्ता संकटमा परेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस