सुनको मूल्य बढ्यो, तोलाको ८६ हजार ९०० रुपैयाँ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुनको मूल्य बढ्यो, तोलाको ८६ हजार ९०० रुपैयाँ


प्रशासन संवाददाता

४ चैत्र २०७७, बुधबार


सुन

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पुनः बढ्न थालेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ८६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। तेजाबी सुन प्रतितोला ८६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो । नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस