विस्फोटमा संलग्न रहेको आरोपमा एक पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विस्फोटमा संलग्न रहेको आरोपमा एक पक्राउ


३ चैत्र २०७७, मंगलबार


सिरहा । मालपोत कार्यालय सिराहामा बम विष्फोट गराएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सोमबार सुखीपुर नगरपालिका–२ विद्यानगरबाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका व्यक्तिलाई इलाका प्रहरी कार्यालयमा राखी आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

आइतबार भएको विस्फोटमा मालपोतका एक कर्मचारी, एक लेखापढी व्यवसायी र ६ सेवाग्राही गरी ८ जना घाइते भएका छन्।

विस्फोटको जिम्मा जयकृष्ण गोईत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले लिइसकेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस