९ कार्यकारी निर्देशकको सरुवा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

९ कार्यकारी निर्देशकको सरुवा


३ चैत्र २०७७, मंगलबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका नौ जना कार्यकारी निर्देशकको सरुवा भएको छ ।

सोमबार राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले कार्यकारी निर्देशकको व्यापक हेरफेर गरेका हुन् ।

सरुवा हुनेमा मुकुन्द क्षेत्री, डा. गुणाकर भट्ट, ऋषिकेश भट्ट, प्रदीपराज पौड्याल, नरेश शाक्य, रामबहादुर मानन्धर, सुमनकुमार अधिकारी, डा. प्रकाशकुमार श्रेष्ठ, रामु पौडेल छन् ।

राष्ट्र ऋण व्यवस्थापन विभागमा बैंकिङ्ग विभागका नरेश शाक्य र विदेशी विनिमय विभागमा जनशक्ति व्यवस्थापन विभागका रामु पौडेललाई लगिएको छ ।

अनुसन्धान विभागका कार्यकारी निर्देशक गुणाकर भट्टलाई बैङ्क सुपरिवेक्षण विभागमा सरुवा गरिएको छ । अर्थ मन्त्रालयमा काजमा रहेका लघुवित्त संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक प्रकाश कुमार श्रेष्ठलाई अनुसन्धान विभागको कार्यकारी निर्देशकमा पदस्थापन गरिएको छ । श्रेष्ठ अर्थमन्त्री विष्णु पौडेलको सल्लाहकारका रूपमा अर्थ मन्त्रालयमा काजमा छन् । श्रेष्ठ मन्त्रालयमा काजमा रहेकाले वरिष्ठ निर्देशकका रूपमा रामशरण खरेलले अनुसन्धान विभागको कायममुकायम९कामु० प्रमुखको रूपमा काम गर्नेछन् ।

भट्टलाई बैङ्क सुपरिवेक्षणको जिम्मेवारी दिएपछि त्यहाँका मुकुन्द क्षेत्रीलाई वित्त व्यवस्थापन विभागमा पठाइएको छ ।

विकास बैङ्क सुपरिवेक्षण विभागका ऋषिकेश भट्टलाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागको प्रमुख बनाइएको छ । वित्त व्यवस्थापन विभागका प्रदीपराज पौडेललाई भने विकास बैङ्क सुपरिवेक्षण विभागमा लगिएको छ ।

प्रकाशकुमार श्रेष्ठलाई अनुसन्धान विभागमा लगेपछि उनको ठाउँमा यसअघि सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा रहेका सुमनकुमार अधिकारी आएका छन् ।

संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागका रामबहादुर मानन्धरलाई बैंकिङ्ग विभाग र मुद्रा व्यवस्थापन विभागका दयाराम शर्मा पङ्गेनीलाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा पदस्थापन गरिएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस