पछिल्लो २४ घण्टामा ७९ जनामा कोरोना पुष्टि , ७५ जना संक्रमणमुक्त « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

पछिल्लो २४ घण्टामा ७९ जनामा कोरोना पुष्टि , ७५ जना संक्रमणमुक्त


प्रशासन संवाददाता

२ चैत्र २०७७, सोमबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ३ सय ११ जनाको पीसीआर परिक्षण गर्दा थप ७९ जनामा कारोना भाइरस संक्रमण देखिएको हो । यो सँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ३ सय १० पुगेको छ ।

आज (सोमबार) थप ७५ जना कोरोना संक्रमित कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ४०१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कुनै पनि कारोना संक्रमितको मृत्यु भएको छैन । नेपालमा हालसम्म ३ हजार १४ जनाको कोरोनाका कारणले मृत्यु भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस