आज पनि नेप्सेमा गिरावट « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

आज पनि नेप्सेमा गिरावट


प्रशासन संवाददाता

२ चैत्र २०७७, सोमबार


काठमाडौं । साताको दोस्रो दिन आज सोमबार पनि सेयर बजारमा गिरावट आएको छ । आइतबार हिजो ५१ अंकले ओरालो लागेको सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि १८ अंकले ओरालो लागेको छ ।

होटल तथा पर्यटन, व्यापार, उत्पादन र लगानी समूहमा रहेका कम्पनीहरुको सेयर मूल्य बढेको छ भने ,अधिकांशको सेयर मूल्य घटेको छ । नेप्से परिसूचक १८ दशमलव ०७ अंकले घटेर २ हजार ३ सय ८९ दशमलव १९ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ०७ अंकले घटेको छ ।

नेप्से परिसूचकमात्रै होइन कारोबार रकम समेत कम भएको छ । आइतबार करिब ५ अर्ब रुपैयाँको कारोबार भएकोमा सोमबार ४ अर्ब करिब २५ करोड रुपैयाँ मात्रैको सेयर कारोबार भएको छ ।

दिनभर भएका ५२ हजार ३ सय ९ कारोबारबाट २१२ कम्पनीको ९६ लाख ४ हजार ५२९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २४ करोड ८४ लाख २४ हजार ६६ रुपैयाँको कारोबार भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस