गण्डकी प्रदेश : विकासका कामलाई तीव्रता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गण्डकी प्रदेश : विकासका कामलाई तीव्रता


२ चैत्र २०७७, सोमबार


गण्डकी । गण्डकी प्रदेश सरकारले सबैभन्दा अब्बल बन्ने लक्ष्यका साथ विकासका कामलाई तीव्रता दिएको छ । तीन वर्षदेखि सञ्चालित कार्यक्रमले नमूना प्रदेश बन्ने लक्षण देखिएको योजना आयोगका उपाध्यक्ष गिरिधारी शर्माले दाबि गरे । यसका लागि राष्ट्रिय गौरवका आयोजनालाई पूर्णता, प्रदेश गौरवका आयोजनामा थप लगानी तथा वातावरण संरक्षणका अभियान चलाउने उनले बताए ।

बागलुङ, पर्वत र म्याग्दीका कानून व्यवसायीसँगको छलफलमा उनले विकासको नमूना बनाएर देशकै नमूना बन्ने योजनामा सफलता मिल्दै गएको समेत दाबी गरे । उनका अनुसार आगामी २०८७ सालसम्ममा गण्डकीले औसत आयु ८० वर्ष पु¥याउने, पाँच वर्षमुनिका बाल मृत्युदर २३ बाट ७ मा झार्ने, साक्षरतादर ९८ प्रतिशत पु¥याउने र बेरोजगारी घटाएर दुई प्रतिशतमा झार्ने अति महत्वकाङ्क्षी लक्ष्य राखिएको छ ।

कूल गरिबी १८ प्रतिशत हुँदा गण्डकीमा १४ प्रतिशत मात्रै छ । विद्युत्को पहुँच शत्प्रतिशत जनतामा पु¥याउने र कृषिको उत्पादकत्व प्रतिहेक्टर पाँच टन पु¥याउने लगायतको लक्ष्य राखिएको छ ।

प्रदेशले आठवटा विकासका मेरुदण्ड बनाएको उनले बताए । तीमध्ये मुग्लिङ – दमौली, पोखरा– कुश्मा, बागलुङ –बुर्तिवाङ, कोरला –जोमसोम, बेनी –पाखेरा, भीमाद –दुम्कीवास हुँदै त्रिवेणी विकास लक्ष्य छ । यसैगरी अर्मादी सेतीवेणी मिर्मी देउघाटतर्फको शालिग्राम सांस्कृतिक विकासका काम पूरा गर्ने अवस्थामा पुगिसकेको छ । बेनीघाट, सिर्दिबास सामागाउँ रुइलाभञ्ज्याङ, पोखरा चक्रपथ र महानगर वरिपरिका स्याटलाइट शहरका रुपमा विकास गर्ने दोस्रो विकास लक्ष्य बनाएको उनले जानकारी दिए ।

सुनौली पोखरा सिद्धार्थ लोकमार्गलाई आर्थिक करिडोरका रुपमा विकास र चारवटा अन्तरराष्ट्रिय विमानस्थल बीचको बृहत्तर आर्थिक क्षेत्र निर्माण गर्ने योजना आयोगको छ । यसका लागि पोखरादेखि निजगढ, काठमाडाँै र भैरहवा उडानसमेत शुरुआत भइसकेको छ । प्रदेश सरकार गठन भएपछि १३७ किमी सडक कालोपत्र र २९२ किमी ग्राभेल भएको तथ्याङ्क छ । त्यस्तै चालु वर्षभित्र २३७ किमी कालोपत्र गर्ने, ३४२ किमी ग्राभेल गर्ने योजना आयोगको छ ।

‘निर्वाचन क्षेत्र सडकअन्तर्गत चालु वर्ष ३५ वटा सडकको ३३६ किमी कालोपत्र र ३५ किमी स्तरोन्नति हुनेछ’, उनले भने, ‘प्रादेशिक (क) वर्गका १२ सडक आयोजनामध्ये ७० किलोमिटर कालोपत्र र २२ किमी ग्राभेल भइरहेको छ ।’ गत वर्ष तीन खर्ब आठ अर्ब कूल ग्रार्हस्थ्य उत्पादन रहेको गण्डकीमा अहिले बढेर साढे तीन खर्ब पुगिसकेको उनले बताए ।

गण्डकीमा विद्युत्मा पहुँच भएका ८२ प्रतिशतबाट बढेर ८७ प्रतिशत घर पुगेका छन् । एक हजार १०५ घरमा ७५ प्रतिशत सहुलियतमा घरेलु सौर्य ऊर्जा प्रविधि जडान गरी सोलार बत्ती बालिएको बताइएको छ । ‘एक घर एक खानेपानी’ आयोजनामा पनि प्रदेशले उल्लेख्य सुधार गरेको छ । यसका लागि २४३ आयोजनाबाट ५५ हजार ६० घरमा निजी धारा जडान भइसकेको हो । आधारभूत खानेपानी सेवा पु¥याउने प्रदेश सरकारको लक्ष्य नजीक पुगेको उपाध्यक्ष शर्माको भनाइ छ । चालु वर्ष १२६ आयोजना निर्माणाधीन र ७६ वटा आयोजना मर्मतको काम भइरहेको छ ।

जनता आवासतर्फ एक हजार ३२० घर निर्माण भएर हस्तान्तरण गरिएको छ । एघार बहुउद्देश्यीय सभाहल निर्माणाधीन र तीनवटा निर्माण सम्पन्न भइसकेका छन् । गण्डकी विश्वविद्यालय, प्राविधिक प्रतिष्ठान स्थापना तथा मनाङ, म्याग्दी र मुस्ताङमा पाँचवटा नमूना विद्यालय छात्रावाससमेत बनेको शिक्षाको गौरवका रुपमा लिइएको छ । चालु वर्ष नै तीनवटा आङ्गिक क्याम्पसको विज्ञान प्रयोगशाला र पुस्तकालय पनि बनाइएको छ । उनले बागलुङमा आयोजित कानून व्यवसायीका लागि अभिमुखीकरण तालीमका सन्दर्भमा गण्डकी प्रदेशको विकासबारे बताएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस