नेप्से ५१ अंकले घट्यो « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

नेप्से ५१ अंकले घट्यो


प्रशासन संवाददाता

१ चैत्र २०७७, आइतबार


काठमाडौं । चैत महिनाको पहिलो दिन आइतबार (आज) सेयर बजार ५१ अंक भन्दा धेरैले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने होटल तथा पर्यटन र हाइड्रोपावर बाहेकका सबै समूह घटेका हुन् । सेयर कारोबार मापक नेप्से परिसूचक ५१ दशमलव २३ अंकले २ हजार ४ सय ७ अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १० दशमलव १० अंकले ४३५ दशमलव दशमलव १३ अंकमा झरेको छ । कारोबार रकम ५ अर्ब पनि पुग्न सकेन । दिनभर भएका ६० हजार ९ सय ७३ कारोबारबाट २११ कम्पनीका ९९ लाख ३ हजार ७०४ कित्ता सेयर किनबेच भएका छन् भने, कारोबार रकम ४ अर्ब ९५ करोड २७ लाख २२ हजार १ सय ९५ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस