स्रोत नखुलेको साढे १९ लाखसहित वीरगञ्जबाट एक भारतीय पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

स्रोत नखुलेको साढे १९ लाखसहित वीरगञ्जबाट एक भारतीय पक्राउ


२९ फाल्गुन २०७७, शनिबार


पक्राउ

काठमाडौँ । स्रोत नखुलेको साढे १९ लाख रुपैयाँ रकमसहित वीरगञ्जबाट सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

उनलाई पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका-१६ स्थित शंकराचार्य गेटबाट श्रोत नखुलेको १९ लाख ५१ हजार १ सय २० नेपाली रुपैयाँसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण जिल्ला रक्सौल नगरपालिका २१ घर बताउने ३६ वर्षीय राजेशकुमार साह रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका साहलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनले शरीरमा बाँधेर लुकाई छिपाई ल्याउँदै गरेको उल्लेखित रुपैयाँ फेला परेपछि पक्राउ गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस