राष्ट्रिय परिचयपत्रका लागि दर्ता शिविर शुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रिय परिचयपत्रका लागि दर्ता शिविर शुरु


२९ फाल्गुन २०७७, शनिबार


डोटी । दिपायल सिलगढी नगरपालिकाले आफ्ना वडाभरिमा राष्ट्रिय परिचयपत्र लागू गर्नका लागि राष्ट्रिय परिचयपत्र दर्ता शिविर शुरु गरेको छ । नगरप्रमुख मञ्जु मलासीले आज एक कार्यक्रमका बीच आफ्नो व्यक्तिगत विवरण दर्ता गरी शिविरको उद्घाटन गरिन् ।

उक्त शिविर दुई हप्ता अर्थात् आगामी चैत १३ गतेसम्म सञ्चालन हुने र शिविर अवधिमा छुटेका नागरिकले जिल्ला प्रशासन कार्यालयमा परिचयपत्रका लागि विवरण दर्ता गर्न सक्ने विवरण दर्ता अपरेटर पुनम बमले जानकारी दिइन् ।

नागरिकका सम्पूर्ण व्यक्तिगत तथा जैविक विवरण समेटिएको एकीकृत राष्ट्रिय परिचय तथा सूचना प्रणालीको व्यवस्थापन गर्नका लागि नागरिकलाई पृथक नम्बरसहितको राष्ट्रिय परिचयपत्र वितरणकार्यलाई गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहसँगको सहकार्यमा अभियानका रूपमा सञ्चालन गर्दै आइरहेको छ ।

उक्त अभियान सञ्चालन भएसँगै अहिले नगरपालिकमा राष्ट्रिय परिचयपत्र दर्ता गर्ने नागरिकको भीड बढेको निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमराज गुरुङले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस