माओवादी केन्द्रको स्थायी कमिटी बैठक, एमालेमा गएका नेताबारे निर्णय गर्ने « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

माओवादी केन्द्रको स्थायी कमिटी बैठक, एमालेमा गएका नेताबारे निर्णय गर्ने


प्रशासन संवाददाता

२९ फाल्गुन २०७७, शनिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बस्दै छ । माओवादी केन्द्र छोडेर एमालेको ओली समूहमा लागेका पूर्व माओवादीका नेताहरुको बारेमा निर्णय गर्न पेरिस डाँडामा बैठक बोलाइएको हो ।

पछिल्लो राजनीतिक अवस्था, सत्तासमीकरण र पार्टी छाडेर हिँडेका नेताका विषयमा छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवार स्थायी कमिटी बैठक बोलाएको एक नेताले जानकारी दिए।

सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि माओवादी केन्द्रका नेताहरू रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु साह, गौरीशंकर थारू, टंक आङबुहाङ, दधिराम न्यौपाने, दिनेश पन्थी, धर्मराज रेग्मी, दावा लामा र चन्द्रबहादुर खड्कालगायत नेता एमालेमै क्रियाशील भएका छन्।

एमालेले संकटका वेला पार्टी एकता र नेतृत्वको रक्षाका लागि दृढतापूर्वक उभिएको भन्दै पूर्वमाओवादी समूहका २३ जनालाई ओली समूहले केन्द्रीय सदस्य बनाउँदै विभिन्न जिम्मेवारीसमेत दिएको छ।

यस्तै सर्वोच्चले नेकपाको एकता बदर हुने गरी फैसला दिएपछि माओवादी केन्द्रले पार्टीको नाम परिवर्तन गर्ने गृहकार्य पनि सुरू गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस