कुमारी निवास पुनःनिर्माण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कुमारी निवास पुनःनिर्माण


२६ फाल्गुन २०७७, बुधबार


ललितपुर । ललितपुर महानगरपालिका–१६ मा रहेको कुमारी निवास पुनःनिर्माण हुने भएको छ । रत्नाकर महाविहारका सदस्य करुणारत्न बज्राचार्यले कुमारी निवास पुनःनिर्माण गर्न लागिएको बताए ।

उनले भने, ‘कुमारीलाई पूजा गरिने कुमारी छें अर्थात कुमारी घर गोरखा भूकम्पले जीर्ण बनाउँदा संरक्षण गर्ने कुरा अघि बढेको छ ।’ महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भारत सरकारको अनुदानमा चार करोड ५५ लाखमा उक्त काम अघि बढाइने भएको बताए ।

उनले भने, ‘सो घर निर्माण हुने भएसँगै कुमारीलाई भने नजिकै रहेको रत्नाकर महाविहारमा राखेका छौँ ।’ कुमारीलाई महालक्ष्मीका साथै महादेवीका रुपमा पुजिने गरिएको बज्राचार्यले जानकारी गराए ।

लिच्छविकालीन समय गुणकामदेवको पालादेखि ललितपुरमा कुमारी स्थापना गर्ने चलन रहेको बज्राचार्यको भनाइ छ । कुमारीलाई मन्दिर बनाएर शिलामा जीवित देवीका रुपमा समेत पुज्ने गरिन्छ । नेवार समुदायका मानिसले कुमारीलाई हरेक वर्ष रातो मच्छिन्द्रनाथ जात्राका साथै बुद्धजयन्ती अनि ठूला ठूलामा जात्रामा पनि पुज्ने गर्छन् । सरकारले पहिचान गरेका २८ सांस्कृतिक सम्पदाको संरक्षण र पुनःनिर्माण अन्तर्गत सो कुमारी निवास र कुमारी छें संरक्षणमा ध्यान दिइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस