राजनीतिक विज्ञापनमाथिको बन्देज फुकुवा गर्दै फेसबुक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राजनीतिक विज्ञापनमाथिको बन्देज फुकुवा गर्दै फेसबुक


एजेन्सी

२६ फाल्गुन २०७७, बुधबार


एजेन्सी । फेसबुकले राजनीतिक विज्ञापनमाथिको बन्देज फुकुवा गर्ने भएको छ । गत नोभेम्बरमा अमेरिकी राष्ट्रपति चुनावदेखि राजनीतिक विज्ञापन प्रकाशनमा लगाउँदै आएको प्रतिबन्धलाई आगामी बिहीबारदेखि आफ्नो प्लाटफर्ममा खुल्ला गर्ने निर्णय फेसबुकले गरेको हो ।

यस्तो निर्णयसँगै अब फेसबुकमा राजनीतिक अभियानकर्मी तथा राजनीतिक विषयका विज्ञापनकर्ताका लागि विज्ञापन प्रकाशन गर्ने मार्ग प्रशस्त हुनेछ । राजनीतिक विज्ञापनका सन्दर्भमा प्राप्त भएका प्रशस्तै पृष्ठपोषणका आधारमा यस्तो निर्णय गरिएको फेसबुकले जनाएको छ । राजनीतिक विज्ञापनका सन्दर्भमा कम्पनीको विद्यमान नीतिमा पनि पुनरावलोकन हुनसक्ने जनाएको छ ।

‘यस विषयमा हामीले प्रशस्तै प्रतिक्रियाहरू सुनेका छौँ र यस चुनावी चक्रका क्रममा राजनीतिक तथा चुनावी विज्ञापनका सन्दर्भमा धेरै कुरा बुझेका छौँ । फलतः हामीले यस्ता विज्ञापनको असर कस्तो हुन्छ भन्ने बारेमा आगामी महिनाहरूमा हेर्नेछौँ र यसले भविष्यमा उक्त विषयमा थप परिवर्तनको खाँचो पनि पर्न सक्नेछ’ फेसबुकले बुधवार एक ब्लग पोष्टमा भनेको छ ।

गुगलले भने गत हप्ता नै राजनीतिक विज्ञापन माथिको बन्देज हटाइसकेको छ ।

यद्यपि अमेरिकामा दक्षिणपन्थी उग्रवादीहरुले बिहीबार अमेरिकी संसद्लाई लक्षित गर्दै हिंसात्मक गतिविधिको तयारी गरिरहेको भन्ने चर्चाका बीच फेसबुकले राजनीतिक विज्ञापनलाई फुकुवा गर्ने विषयलाई निकै गम्भीर रूपमा हेरिएको छ । यस अघि जनवरी ६ मा अमेरिकी संसदमा भएको हिंसामा सामाजिक सञ्जालले समेत नकारात्मक भूमिका खेलेको बताइएको थियो । सिएनएन

Tags :
प्रतिक्रिया दिनुहोस