निर्वाचन आयोगद्वारा ओली र दाहाल अध्यक्ष रहेको ‘नेकपा’ खारेज (पत्रसहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निर्वाचन आयोगद्वारा ओली र दाहाल अध्यक्ष रहेको ‘नेकपा’ खारेज (पत्रसहित)


२५ फाल्गुन २०७७, मंगलबार


काठमाडौँ । निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेपाल कम्युिनस्ट पार्टी (नेकपा) निर्वाचन आयोगले खारेज गरेको छ ।

फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भइ बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) उत्प्रेषणको आदेशबाट बदर भएको बताउँदै आयोगले दर्ता नम्बर १४५ मा दर्ता रहेको नेकपा खारेज गरेको विज्ञप्ति मार्फत जनाएको हो ।

दल खारेज सम्बन्धिको विषय एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई जानकारी दिने पनि आयोगले जनाएको छ ।

यस्तै,आयोगले सर्वोच्चको फैसला बमोजिम अलग अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहेको पनि ओली र दाहाललाई जानकारी दिने भएको छ ।

आयोगको बैठकले एमाले र माओवादी केन्द्र साविकको अवस्थामा रहेको जानकारी केन्द्रमा संघीय संसद सचिवालयसँगै प्रदेश सभा सचिवालयहरूमा पनि पठाउने निर्णय गरेको हो।

आयोगको पत्रसँगै अब संसद सचिवालयले छुट्टाछुट्टै दलका रूपमा एमाले र माओवादी नेताहरूको सिट व्यवस्थापन गर्नुपर्नेछ। उनीहरूको बस्ने ठाउँ फरक हुनेछ।

आयोगले राजपत्रमा पनि खारेजीको सूचना प्रकाशित गर्ने भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस