उपत्यकासहित देशका केही स्थानमा हल्का वर्षाको सम्भावना « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

उपत्यकासहित देशका केही स्थानमा हल्का वर्षाको सम्भावना


२४ फाल्गुन २०७७, सोमबार


काठमाडौँ। आज काठमाडौँ उपत्यकासहित देशका केही स्थानमा मध्याह्नपछि हल्का वर्षा हुने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा पनि मध्याह्नपछि बादल लाग्ने र हल्का वर्षा हुने सम्भावना छ ।

देशमा पश्चिमी वायुको आंशिक प्रभावका कारण सुदूरपश्चिम प्रदेशका साथै देशका पश्चिमी पहाडी भूभागहरूमा पनि पूर्ण बदली रही अन्य पहाडी क्षेत्रमा सामान्य बदली रहेको छ । देशका बाँकी भू–भागहरूमा आंशिक बदली छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरुका पहाडी भू–भागहरु तथा वागमती र प्रदेश १ का एक वा दुई स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसमी बुलेटिनमा उल्लेख छ ।

देशको केही उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस