प्रधानमन्त्रीले आज कोरोनाविरुद्धको खोप लगाउने « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्रीले आज कोरोनाविरुद्धको खोप लगाउने


२३ फाल्गुन २०७७, आइतबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोरोनाविरुद्धको खोप लगाउने भएका छन् । उनले आज बिहान महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर खोप लगाउने भएका हुन् ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरमा आयोजना गरेको कोभिड–१९ खोप अभियानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्धको खोप लगाउनबारे जानकारी दिएका थिए । प्रधानमन्त्रीले खोप लगाएसँगै कोरोनाविरुद्ध खोप लगाउने अभियानको दोस्रो चरण सुरु हुनेछ ।

आजदेखि ६५ वर्षमाथिका १६ लाख बढी ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस