ओली समूहको संसदीय दलको बैठक बालुवाटारमा जारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

ओली समूहको संसदीय दलको बैठक बालुवाटारमा जारी


२२ फाल्गुन २०७७, शनिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ओली समूहको संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा  जारी रहेको छ ।

प्रमुख सचेतक विशाल भट्टराईका अनुसार भोली (आइतबार) देखि संसद बैठक शुरु हुनेभएपछि त्यसबारेमा पार्टीको तर्फबाट गर्नुपर्ने आवश्यक तयारीका बारेमा छलफल गर्न बैठक बोलाइएको हो । बैठकमा संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुलाई आवश्यक निर्देशन दिन सक्ने पनि उनले बताए ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा दुई समूहमा बाँडिएको छ। एक समुहलाई प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले नेतृत्व गरेका छन्, भने अर्कौ समुहलाई नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले नेतृत्व गरेका छन् ।

दाहाल–नेपाल समूहले शुक्रबार संसदीय दलको बैठक गरेको थियो। उक्त बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ। सो समूहले आफ्ना पक्षमा १ सय ११ सांसद रहेको दाबी गरेको छ।

सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सो सम्बन्धमा परेका विभिन्न रिट निवेदनको सुनुवाइ गर्दै सर्वोच्च अदालतले यही फागुन ११ गते पुनःस्थापनाको फैसला सुनाएको थियो । सो फैसलापछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःस्थापित प्रतिनिधिसभाको बैठक यही फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस