कर्मचारी सञ्चय कोषमा स्थायी पदपूर्तिका लागि दरखास्त माग « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

कर्मचारी सञ्चय कोषमा स्थायी पदपूर्तिका लागि दरखास्त माग


२२ फाल्गुन २०७७, शनिबार


काठमाडौँ । कर्मचारी सञ्चयकोष पुल्चोक कार्यालयले स्थायी कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । शुक्रवार गोरखापत्रमा सूचना प्रकाशन गर्दै विभिन्न पदका लागि कर्मचारीको विज्ञापन गरेको हो ।

प्रबन्धक १, उपप्रवन्धक २, कम्प्युटर इन्जिनियर २, सहायक प्रबन्धक १३ जना र सहायक प्रवन्धक कानुनतर्फ १ जनाको माग गरिएको छ ।

परीक्षाको किसिम लिखित र अन्तर्वार्ता हुने भनिएको छ । योग्यता पुगेका इच्छुक उम्मेदवाहरुले फागुन २१ गतेदेखि २१ दिनभित्र दरखास्त दिन भनिएको छ । दरखास्त अनलाइनमार्फत भर्न सकिने छ । कर्मचारी सञ्चय कोषको वेबसाइटबाट अनलाइन फारम भर्नुपर्ने छ ।

परीक्षाको मिति भने पछि प्रकाशित गरिने भनिएको छ ।

सूचना :

प्रतिक्रिया दिनुहोस