भूमि आयोग लगत सङ्कलन कार्यालय उद्घाटन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भूमि आयोग लगत सङ्कलन कार्यालय उद्घाटन


२० फाल्गुन २०७७, बिहिबार


दमौली । तनहुँको घिरिङ गाउँपालिकामा भूमिसम्बन्धी समस्या समाधान आयोगको लगत सङ्कलन एकाइ कार्यालय स्थापना गरिएको छ ।

गाउँपालिकामा स्थापना गरिएको एकाइ कार्यालयको आज आयोगका केन्द्रीय सदस्य एकबहादुर रानाले उद्घाटन गरेका छन् । लगत सङ्कलन एकाइ कार्यालय उद्घाटनसँगै आयोगले गाउँपालिकासँग भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन गर्ने कार्यको सम्झौता गरेको छ । योसँगै जिल्लाका नौ स्थानीय तहमा लगत सङ्कलन एकाइ कार्यालय स्थापना गरिएको छ ।

यस अगाडि व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, भीमाद नगरपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे गाउँपालिका र आँबुखैरेनी गाउँपालिकासँग सम्झौता गरी कार्य अगाडि बढाइएको छ । अब ऋषिङ गाउँपालिकामा एकाइ कार्यालय स्थापना हुन बाँकी छ ।

आयोगका केन्द्रीय सदस्य रानाले आयोगले बास्तविक भूमिहीनलाई जग्गाको मालिक बनाउने गरी आयोगले काम गरिरहेको बताए । लगत सङ्कलन कार्यालय उद्घाटनसँगै प्रत्येक वडामा भूमिहीनको लगत सङ्कलनका लागि ३५ दिने सूचना जारी गरिने गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले बताए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस