हिमपातले रोकिएका दुई जहाजले उडान भरे « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हिमपातले रोकिएका दुई जहाजले उडान भरे


२० पुस २०७७, सोमबार


सिमकोट । हिमपातका कारण हुम्लाको सिमकोट विमानस्थलमा रोकिएको तारा एयरलाइन्सका दुई जहाजले आज उडान भरेका छन् । आइतबार बिहान नेपालगञ्जबाट उडान भरेका उक्त जहाज मध्यान्हपछि हिमपात हुँदा रोकिएका थिए ।

हिमपातले विमानस्थलमा रोकिएका जहाजले आज मात्रै उडान भरेको सिमकोट विमानस्थलले जानकारी दिएको छ । जहाजमा रहेको ब्याट्रिमा सामान्य समस्या आएपछि मर्मतका लागि प्राविधिक टोली लिएर अर्को जहाज आएको थियो । मर्मत गरी फर्कने बेला मौसम खराब भएपछि जहाज रोकिएको सिमकोट विमानस्थका प्रमुख विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।

हिमपातले हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका प्रायः बस्तीमा चार फिट भन्दा बढी हिउँ जमेको छ । अहिले सदरमुकाम सिमकोटमा एक फिट हिउँ जम्दा सिमकोटमा तापक्रम माइनस ८.० डिग्रीमा झरेको छ । आइतबार अपरान्हदेखि परेको हिमपातले हुम्लालगायतका हिमाली जिल्लामा हवाई सेवा बन्द भएको बताइएको छ

Tags :
प्रतिक्रिया दिनुहोस