आज सम्मकै बढी जाडो, घट्यो तापक्रम « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

आज सम्मकै बढी जाडो, घट्यो तापक्रम


३० मंसिर २०७७, मंगलबार


काठमाडौँ। काठमाडौँ उपत्यकामा आज अहिलेसम्मकै बढी जाडो छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री मापन गरिएको छ ।

मौसमविदका अनुसार ‘विहान ६ बजे गरिएको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस देखिएको छ । यो यस वर्षकै सबैभन्दा कम तापक्रम हो ।

तराई–मधेसका अधिकांश भागमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईका अधिकांश भाग र पहाडका केही भागहरुमा हुस्सु तथा कुहिरोको कारण वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

आज प्रदेश नं. १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस